नियम १९६
मासिक तथा वार्षिक विवरण तयार गरी पेश गर्ने
(१) स्थानीय निकायले प्रत्येक महिना भुक्तान भएको सात दिनभित्र आय तथा व्ययको फा“टवारी, फछ्र्यौट हुन बा“की पेश्कीको मास्केवारी र बैड्ढहिसाबको विवरण तयार गरी सम्बन्धित मन्त्रालय, स्थानीय विकास मन्त्रालयमा र निकासा दिने कार्यालयमा पठाउनु पर्नेछ ।
(२) वैदेशिक सहायता समावेश भएको बजेटको आयोजना÷कार्यालयले उपनियम
(१) बमोजिम विवरण पठाउ“दा वस्तुगत सहायता, सिधै भुक्तानी, टर्नकी बेसिसको सहायता, प्राविधिक र अन्य सहायता र सोधभर्ना हुने रकम समेतको विवरण पठाउनु पर्नेछ ।
(३) गाउ“ विकास समिति र नगरपालिकाले आर्थिक वर्ष समाप्त भएको पैंतीस दिनभित्र वार्षिक आर्थिक विवरण र अनुसूची–७३ बमोजिमको लक्ष्य प्रगति विवरण तयार गरी जिल्ला विकास समितिमा पठाउनु पर्नेछ । सो पठाउ“दा उपनियम (२) बमोजिमको विवरण पनि पेश गर्नु पर्नेछ । जिल्ला विकास समितिले प्राप्त विवरण एकिकृत गरी सम्बन्धित मन्त्रालय र स्थानीय विकास मन्त्रालयमा पठाउनु पर्नेछ ।
(४) जिल्ला विकास समितिले निकासा प्राप्त गरेको र आप्mनै श्रोतको आम्दानी खर्चको विवरण आर्थिक वर्ष समाप्त भएको पैंतीस दिनभित्र स्थानीय विकास मन्त्रालय र सम्बन्धित कोष तथा लेखा नियन्त्रक कार्यालयमा पेश गर्नु पर्नेछ ।
(५) उपनियम (४) बमोजिम विवरण पठाउ“दा सम्बन्धित कोष तथा लेखा नियन्त्रक कार्यालयमा वार्षिक बजेट, रकमान्तर, निकासा खर्च बा“की रकम र बैड्ढहिसाब समेत भिडाई प्रमाणित गराई पठाउनु पर्नेछ ।